नेपाल टेलिकमले लकडाउनको समयमा सिम कार्डमा ब्यालेन्स न्युन भई आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकका लागि अफर ल्याएको छ। सरकारको निर्णय अनुसार टेलिकमलले सोमबार मध्यरातिदेखि लागू हुने गरी ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि कम्पनीले निशुल्क प्याकेज सार्वजनिक गरेको हो।

यो अफर अनुसार टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अननेट एसएमएस, ५० मिनेट अननेट भ्वाइस, १ सय एमबी डेटा उपलब्ध गराउनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी २ दिनसम्म उपलब्ध हुने यो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएस मार्फत जानकारी पठाइने जनाइएको छ। सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने छ।

सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने छ। यो प्याकेजको अवधि ७ दिनको हुने छ।