भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा हुँदैन । त्यसैले त चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्छन् ।

शरीरमा भिटामिन डीको कमीका लक्षण

-हड्डीमा दुखाइ महसुस हुनु

-मांसपेशी कमजोर महसुस हुनु

-थकान तथा कमजोरी महसुस हुनु

-आवश्यकभन्दा बढी निद्रा लाग्नु

-डिप्रेसनमा परेको महसुस हुनु

-शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु

-बारम्बार रोगको संक्रमण हुनु

-सास फेर्न कठिनाइ महसुस हुनु

शरीरमा भिटामिन डीको कमी भए के हुन्छ ?

छालाको रङ्ग गाढा हुनु

छालाका गहिरो रङ्ग मिलेनिन नामक पिगमेन्टका कारण हुुने गर्छ । मिलेनन अत्यधिक भएका कारण घाम लाग्नासाथ छालामा भिटामिन डी को निर्माण सही तरीकाले हुन पाउँदैन । विभिन्न शोधबाट आएका नतिजाहरूले उमेर बढेसँगै गाढा छाला हुने व्यक्तिमा भिटामिन डीको कमी हुने गरेको बताएको छ ।

मधुमेह

मधेमेहको मुख्य कारण मोटोपनालाई लिइन्छ । तर मोटोपनाका साथै भिटामिन डीको कमीका कारण पनि धेरैलाई मधुमेह हुने गर्छ । डायविटिज केयर जर्नलमा प्रकाशित शोधअनुसार मोटोपना तथा भिटामिन डीको समस्या कुनै व्यक्तिलाई एकसाथ भएमा शरीरमा इन्सुलिनको मात्रा असन्तुलित भई मधुमेहको जोखिम बढ्ने गर्छ ।

बच्चाहरूमा रक्तअल्पताको खतरा

रगतमा भिटामिन डीको स्तर ३० न्यानो ग्राम प्रति मिलिलिटर भन्दा कम भएमा बच्चाहरूमा रक्तअल्पताको जोखिम उच्च हुने गर्छ । चिकित्सकहरूका अनुसार ३० न्यायो ग्राम प्रति मिलिलिटरभन्दा कम स्तर भएका बच्चाहरूलाई सामान्य भिटामिन डीको स्तर भएका बच्चाहरूको तुलना रक्तअल्पता हुने खतरा दुई गुणा बढी हुने गर्छ ।

यसभन्दा अघि गरिएका थुप्रै अध्ययनहरूमा समेत भिटामिन डी र रक्तअल्पत्रा बीच सम्बन्ध रहेको पाइएको थियो । सोही अध्ययनका क्रममा यो पनि पत्ता लागेको छ कि भिटामिन डीको कमीले रातो रक्तकोषिकाको उत्पादनमा समेत असर पर्छ ।

शरीरमा भिटामिन ‘डी’को कमी हुन नदिन के गर्ने ?

-सालमन, टुना आदि माछालाई भिटामिन ‘डी’को उच्च स्रोत मानिन्छ । सालमोनको सेवन शरीरका लागि आवश्यक पर्ने भिटामिन ‘डी’को करिब ३० प्रतिशत भाग पूरा गर्न सहायक मानिन्छ ।

-दूध भिटामिन ‘डी’को राम्रो स्रोत हो । शरीरलाई दिनभरमा आवश्यक पर्ने भिटामिन ‘डी’ को करिब २० प्रतिशत भाग दूधले पूरा गर्छ । जब कि अन्य दुग्धजन्य पदार्थले दूधको मात्रालाई खासै पूरा गर्दैन ।

-अण्डामा पनि भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइन्छ । अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मुख्यतः भिटामिन ‘डी’ अण्डाको भित्री भागमा पाइने भए पनि अण्डालाई पूरा खानु राम्रो हुन्छ । अण्डाको बाहिरी भाग मात्र खानाले शरीरमा भिटामिन डीको पूर्ति राम्रोसित नहुनसक्छ ।

-सुन्तलाको रसमा पनि भिटामिन डी प्रशस्त पाइन्छ । विशेषज्ञहरूका अनुसार भिटामिन डीको सेवनले स्वास्थ्यमा निकै सुधार हुने गर्छ ।

-अन्नहरूमा पनि भिटामिन ‘डी’ भरपूर मात्रामा पाइन्छ । शरीरमा भिटामिन डीको पूर्तिका लागि दैनिक खानामा गहुँ, चना, मकै, जौ आदि अनाजलाई समावेश गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय