मिति २०७७ जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र

तपशिल अनुसार पसल व्यवसाय खोल्न पाइने व्यहोरा जानकारी गराइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. जोर गतेका दिन विहान ०८.०० बजे देखि दिउँसो १२.०० बजे सम्म खाद्यान्न, फलफुल तथा तरकारी पसलहरु मात्र संचालन गर्न पाइने छ ।

२. बिजोर गतेका दिन बिहान ०८.०० बजे देखि १२.०० बजे सम्म निर्माण सामाग्रीका पसल र मर्मत ग्यारेजहरु मात्र संचालन गर्न पाइने छ ।

३। कृषि भण्डार प्रत्येक दिन विहान ८.०० बजे देखि बेलुका ५.०० बजे सम्म मात्र संचालन गर्न पाइने छ ।

४। दुध तथा औषधी पसलहरु पूर्व निर्णयानुसार संचालन गर्न पाइने छ ।

५। अन्य पसल व्यवसायहरु संचालन गर्न पूर्ण रुपले रोक लगाइएको छ ।

घरभित्रै बसौ

कोरोना भाइरसबाट आफु पनि वचौ

अरुलाइ पनि बचाऔ ।

दमक नगरपालिका