– प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।
– एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा ।
– नियमित एक्सरसाइज गर्नाले पनि रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।
– कोरोनाले शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण गर्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
– गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन ।
– नियमित रूपमा साबुनपानी र स्यानिटाइजरले हात धुने । बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने ।
– भिडभाडमा नजाने र घरमै बस्ने । खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने ।
– संक्रमित व्यक्तिबाट टाढा रहने र आफूलाई केही लक्षण देखिनासाथ अस्पताल जाने ।



