काठमाडाैं – कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्। नेपाल उद्योग परिसंघले आज आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्ने बताए।

उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको पनि बताएका छन्। भारत इकोनोमी पावर हाउस बन्दै गएको तर्फ इंगित गर्दै भट्टराईले भने, ‘अब सरकारले चूनौती वा अवसर केको रुपमा सोच्ने हो त्यो सोचिहाल्नुपर्ने हुन्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले नेपाल न्यारोनिजमतिर जान खोजेको बताउँदै उनले देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँघुरो र संकीर्ण चिन्ताले तत्काल समस्या समाधान खोज्न नसकिने बताए। उनको भनाइको सार थियो– भारत र चीनसँग राम्रो सम्बन्ध विकास गर्न सके विकास गर्ने अवसर आउँछ। थाहा खबरबाट