दाँत ब्रस नगरेको अवस्थामा खानेकुरा मुखभित्र सड्न थाल्छ, जो दुर्गन्धको कारण बन्छ । त्यसैले खाना खाएपछि ब्रस गर्नुपर्छ । तर, मुख सफा गरेको अवस्थामा पनि दुर्गन्ध आउँछ भने अरु थुप्रै कारण हुनसक्छ । सामान्यत पेटको समस्या भएमा मुखबाट दुर्गन्ध आउँछ । त्यसैगरी चुरोट, खैनी सेवन गर्नेहरुको मुखबाट पनि दुर्गन्ध आउँछ । मुखमा घाउ खटिरा आएमा, गाँठागठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ ।

त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ । कतिपय अवस्थामा चाहि मुखको दुर्गन्ध अरु समस्याले गर्दा हुनसक्छ । जस्तो कि, कलेजको सं’क्रमण भएमा । मिर्गौलाको समस्या भएमा । संक्रमण ;- सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा सं’क्रमण भई मुखबाट गन्ध आउने गर्छ ।

गिजाको समस्या ;-गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ ।फोक्सोको संक्रमण ;- कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको सं’क्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ ।

कलेजोको संक्रमण ;- शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्र’मण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ । जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।मिर्गौंलाको समस्या ;- मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ ।

मधुमेह ;- मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ । मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्या’न्सर, मधुमेह , स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।क्यान्सर ;- लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरुमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ । यस्तोमा उनीहरुको मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय