काठमाडौं । शरिफा अर्थात सीताफल हाम्रो गाउँघरमा पाइने गरिन्छ । यसबारे धेरैलाई थाहा पनि नहुन सक्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी, ए, राइबोफ्लेविन, थियामिन, नियासिनलगायतका तत्वहरु पाइन्छ ।
बिभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्ने शरिफा स्वास्थ्यको लागि फाइदाजनक छ । शरिफाले हाम्रो आँखाको तेजलाई बढाउने काम गर्छ । यसको सेवन गर्ने गरेमा शरीरको जोर्नी दुखेको ठिक हुन्छ ।
खाँदा निकै मिठो हुने शरिफाको सेवनले हृदयघात र क्यान्सर जस्ता रोगबाट पनि बच्न सकिन्छ । यसको नियमित सेवन गर्नाले रक्तचाप नियन्त्रण हुन्छ । शरिफाको पात र बोक्रालाई पनिमा उमालेर सेवन गरेमा जुका नियन्त्रण हुने गर्छ ।



