डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन ।
संक्रमितसँग ५-१० मिनेट कुरा गर्दा सर्दैन ।
घरबाहिर जाँदा सबैले अनिवार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ । केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।
N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन । सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ । अमेरिका लगायत विकसित देशमा पनि यो प्रचलन कायम छ ।
आफ्नो पावरको वा पावर आवश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।
संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।
घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने वातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।
लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।
जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव ब्यबस्थापन गर्ने हो भने ९० % संक्रमितलाई आफै निको हुन्छ ।
रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन ।
नेपालमा देखिएको कोरोना संक्रमण ८५ % भारतबाट आएकोमा देखिएको छ । त्यो समुहलाई सीमामा होल्डिङ गरेर क्वारेन्टाइन, स्याहार, परीक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउँदैन ।
नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।
गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।
नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको हो ।
नेपालमा हालसम्म सक्रमितमध्ये ९०% जोखिम बर्गमा पर्दैनन् । तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।
कोरोना अन्तर्राष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो । प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो वर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।
मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।
हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।
अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ ..। तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन ।
रोजगारी, लगानी लगायत व्यवसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहँदैन । त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।
हामीले आफूलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा व्यवसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवन यापन गर्नको लागि हामीसँग धेरै विकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ ।
परीक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ । संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसँग मिसिन नदिनु सकारात्मक विषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।
मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वाश्प्रश्वासको अभ्यास गर्ने, मनोरञ्जन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्‍यो भने जीवन सुखमय हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय