केबि महरा / काठमाडौ : स्वास्थ मन्त्रालयका अनुसार अब बाँकी नौ ओटा जिल्लाहरु बाहेक अन्य सबैमा कोरोना फैलिसकेको छ । हाल रहेका सतहत्तर (७७) जिल्ला मध्ये अठसठ्ठी (६८) जिल्लाहरुमा भने कोरोना रोग फेला परिसकेको छ । जस मध्ये बाँकी रहेका नौ जिल्लामा भने हाल सम्म कोरोना पुष्टि भैसकेको छैन । बाँकी रहेका जिल्लाहरु मध्ये इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पा जिल्लाहरु हुन् ।
स्वास्थ्य मन्त्रालयको जेठ २३ गते शुक्रबार सम्मको तथ्यांक अनुसार माथिका नौ जिल्लाहरुमा अँझै कोरोना संक्रमित नदेखिएको उल्लेख छ ।
तथापी बाँकी रहेका जिल्लाहरुमा समेत स्वास्थ्य जोखिम उच्च रहेकाले सावधानी अपनाउनु पर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिएको छ ।
कोरोना जोखिमबाट जोगिन पटक-पटक हात साबुनपानीले हात धुने,
सकभर घरबाहिर अत्यावश्यक काम बाहेक ननिस्किन र निस्किनै पर्ने भए अनिवार्य मास्कको प्रयोग तथा न्युनतम सामाजिक दुरी कायम राख्न सुझाईएको छ । साथै बिदेस लगायत अन्यत्र बाट आएकाहरुलाइ भेदभाव नगरी अनिवार्य रुपमा कम्तिमा न्युनतम १४ दिन क्वारेन्टाइनमा बस्ने ब्यबस्था गराउन प्रत्येक स्थानिय निकायहरुलाई यस अघिनै निर्देशन गरिएको छ ।



