काठमाण्डौं। जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा आज दल दर्ता गर्ने भएको छ। संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गर्न लागेको श्रोतले बताएको छ ।

नेताहरुले जसपाको बरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहने सहमति पनि गरेका छन् । श्रोतका अनुसार आज ३ बजे निर्वाचन आयोग पुगेर दल दर्ता गर्न लागिएको हो।