रौतहट। सुन्दै कहाली लाग्ने रौतहटको राजपुर नरसंहारका एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका-४ का ५५ वर्षीय मुक्ति साह छन्। उनलाई प्रदेश नम्बर २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो।

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सिंहले जानकारी दिनुभयो । उनी इँटा भट्टाको त्यसबेलाका मिस्त्री हुन् । उनी मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गरिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०६४ चैत २७ गते रौतहटको राजपुरमा उक्त घटना भएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा पूर्वमन्त्री तथा सांसद मोहमद हफताब आलम अहिले जेलमा छन्। साह हाल जेलमा रहेका आमलका सहयोगी हुन्। आमलकै आदेशमा उनी मिस्त्री रहेको इँटा भट्टामा मान्छे हालेर मारिएको थियो।