काठमाडौं। सरकारले विद्युतीय सवारी साधनको कर बढाएकोमा सर्वत्र आलोचना भइरहेको बेला संसदमा सांसदहरुले विद्युतीय गाडीमा कर बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाको प्रस्तावको तीब्र आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय सवारीमा साधनमा कर बढाएर सरकारले विगतको प्रतिबद्धता, नीति र घोषणाको उल्लंघन गरेको जनाएको छ । विद्युतीय सवारीमा कर थपेर सरकारले जनस्वास्थ्यमाथी खेलवाड समेत गरेको निष्कर्ष उनीहरूको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई आफ्नो घोषणा पत्र पल्ट्याएर हेर्न आग्रह समेत गरे । सांसद थापाले आफ्नो सानो स्वार्थका लागि स्वच्छ इनर्जीमा चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीलाई नभएको भन्दै चेतावनी दिए ।

विद्युतीय सवारी साधनमा कर बढाउने निर्णय भारतले नाकाबन्दी लगाएको बेला अगाडि बढाएको राष्ट्रिय उर्जा नीति, पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको २०३० सम्म देशभर विद्युतीय गाडी चलाउने अवधारणा मात्र होइन, स्वयं नेकपाको घोषणा–पत्र विपरीत भएको थापाको भनाइ थियो ।