काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेमुलुकभरका विभिन्न अस्पतालले जारी राखेको कोरोनासम्बन्धी उपचार र व्यवस्थापनकाबारेमा अनुगमन गर्ने भएको छ ।

अनुगमनका लागि गुणस्तर तथा नियमन मापन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ र निजी अस्पतालको छाता संगनठको प्रतिनिधित्व हुने गरी टिम गठन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नवनियुक्त महाशाखा प्रमुख डा विकास देवकोटाका अनुसार कोरोना संक्रमितको संख्या बढेसँगै हरेक किसिमका अस्पतालबाट कोभिड १९ का लागि के कस्ता सेवा सुचारु भएका छन् वा छैनन् भन्ने विषयवस्तुमा अनुगमन, सुरक्षाको व्यवस्थापन गर्ने र नियमन गर्नको यो टिम गठन गरिएको हो ।

साभार: कान्तिपुर अन्लाईन