केबि महरा/काठमाडौ : स्वास्थ्य मन्त्रालयले आज (२९ जेठ) मा गरेको नियमित मिडिया ब्रीफिङ्ग मा कोरोनाको संख्या समान नभएको पाइएको छ।
आजको स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रीफिङ्ग मा भिडियोको मध्येतिर एकपटक (मिनेट=५:४७ ) मा ४ हजार ६१४ भनिएको छ ।
सोही भिडियोको अन्तमा कुल संख्या (मिनेट=६:४६)=४ हजार ६२२ भनि बताइएको छ ।जबकी ब्रीफिङ्ग मै प्रस्तुत गरिएको प्रादेशिक बिवरण अनुसार:
प्रदेस १ =३०७
प्रदेस २ =१,६७१
प्रदेस ३ =१४७
प्रदेस ४ =१४७
प्रदेस ५ =१,३९९
प्रदेस ६ =७५९
प्रदेश ७=१९२ भनीएको छ । जसको कुल संख्या = ४ हजार ६२२ हुन आउँछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले प्रस्तुत गरेको विवरण अनुसार यदि जम्मा संख्या ४,६१४ लाई सहि मान्ने हो भने आज थप भएका हरुको संख्या २५० मान्न सकिन्छ, तर प्रस्तुत प्रादेशिक विवरणलाई आधार मान्ने हो भने कुल संख्या ४,६२२ हुन जान्छ । जुन् ८ अंकको फरक हो ।
यसरी स्वास्थ्य मन्त्रालयले नै बेला बेला त्रुटिपूर्ण तथ्यांक दिनुले सरकारले स्वास्थ्य मन्त्रालयको ब्यबस्थापनप्रती ठुलो लापरबाही गरेको प्रष्ट हुन्छ ।
स्वास्थ्यमन्त्रालयले दिने गलत सुचनाले वास्तविक तथ्यांक माथी नै शंका गर्न सकिन्छ । जनताको मृत्युमा समेत स्वास्थ्य मन्त्रालय गम्भीर नभएको र यस्ताखाले लापरबाहीले सरकारी संयन्त्र प्रतिको बिस्वस्नियता समेत घट्ने सम्भावना रहन्छ ।



