काठमाण्डौं। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी राष्ट्रहित विपरीत भएको र सरकारले पास गर्न खोजेको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन भएको छ ।

त्यस्तै कोरोना महामारीमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारी विरुद्ध प्रहरीले लाठी प्रहार तथा धरपकड, अश्रुग्याँस र पानीको फोहोरा समेत प्रहार गरेको छ । बालुवाटार र नक्साल क्षेत्रमा आज भएको प्रदर्शनमा प्रहरीले यस्तो धरपकड गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गरेको हो । सोक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएकोमा प्रदर्शनकारी आक्रोशित देखिएका थिए । लकडाउनका बेला पनि कर लगाइएको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनकाकारीले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होशियार, प्रहरी हस्तक्षेप बन्द गर जस्ता नारा पनि लगाएका थिए। चैत ११ मा लकडाउन घोषणा गरेयता यति धेरै संख्यामा मानिस जुटेर प्रदर्शन गरेको यो पहिलो पटक हो ।