इटहरी। सरकारले आफ्ना मागहरुको सुनुवाई नगरे सबै सार्वजनिक यातायात सवारी साधनको तालाचाँवी सरकारलाई बुझाउने सार्वजनिक यातायात केन्द्रीय महासंघले चेतावनी दिएको छ ।

आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नंम्बर १ ले यस्तो चेतावनी दिएको हो । उसले ९ बुँदे माग सहितको ज्ञापनपत्र हिजो प्रदेश सरकारलाइ बुझाइसकेको छ । उसले प्रदेश १ का चार मन्त्रालय,सभामुखको कार्यालय र प्रमुख प्रतिपक्ष नेपाली कांग्रसको संसदीय दलको कार्यलयमा ज्ञापनपत्र बुझाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो मुख्यमन्त्री शेरधन राईको कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको प्रदेश १ का अध्यक्ष महेन्द्र अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । सवाल नेपालसँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले यातायात मजदूरहरुका लागि आवश्यक राहत प्याकेज नल्याएमा सरकारलाई चाबी बुझाउनुको विकल्प आँफूहरुसँग नभएको बताउनु भयो ।

प्रमुख अतिथि सार्वजनिक यातायात महासंघका केन्द्रीय सदस्य दीपेन्द्र घिमिरेले कोरोना भाइरसका कारण यातायात बन्द भएकाले मजदूरहरु समस्यामा रहेको बताउनु भयो ।

त्यस्तै वहाँले हामी मरौँ कि बाँचौ बैँकलाई मतलब छैन तर पैसा तिर्न दबाब दिइरहेको छ भन्दै यातायातबाट कमाएर तिर्नुपर्ने भएपनि बैँकले तत्काल ब्याज बुझाउनका लागि दबाब दिईरहेको गुनासो गर्नु भयो । साथै वहाँले अबका दिनमा मजदूरहरुलाई आवश्यक राहत सामाग्री उपलब्ध गराउन सक्ने आँफूहरुको हैसियत पनि नरहेको बताउनु भयो ।

कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नंम्बर १ का महासचिव रमेश खत्रीले यातायात व्यवसायीको अवस्था धरासयी भएको भन्दै सरकारले आवश्यक प्याकेज ल्याउनु पर्ने बताउनु भयो । साथै वहाँले विभिन्न ठाउँमा मजदुरका सहयोगको नाममा काटिने रसिद प्रदेशभरी एक ठाउँमा मात्र काट्ने व्यस्था मिलाउने गरि सम्बन्धित निकायसँग पहल भैरहेको पनि बताउनु भयो । कार्यक्रम प्रदेश १ का अध्यक्ष महेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।