काठमाण्डौं। प्रहरीले माइतीघर मण्डलाबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केहि विदेशी पनि छन् । सरकारको कार्यशैलीमा चित्त नबुझाएका युवाहरुले पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले विदेशी सहित केहि प्रदर्शनकारी पक्राउ गरिएको बताउनु भयो । वहाँले भन्नु भयो, केही पक्राउ परेका छन तर को हुन् कहाँका भनेर खुल्न बाँकी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वस्फुर्त आएको बताउँने सयौंका संख्यामा रहेका युवाहरु माइतीघरमा भेला भएका थिए। प्रहरीले पटक पटक कोरोनाको जोखिमका कारण भिडभाड नगर्न माइकिङ गरेपनि त्यसको अटेर गर्दै केहि यता युवाहरुको प्रदर्शन जारी छ।

युवाहरुको माग पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउँनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइनुपर्ने तथा कोरोनाविरुद्ध सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायत रहेका छन।