दमक। झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन गरिएको छ । स्वत स्फुर्तरुपमा उपस्थित भएको बताउने उनीहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेका थिए । कुनैपनि दलको कार्यक्रम नभएको बताइरहदा उनीहरुले बोकेको प्ले कार्डमा लेखिएका केहि नाराले भने सरकार विरुद्धको प्रदर्शनको मात्र छनक दिदैन कि उनीहरु सत्तापक्षको विरोधमा छन भन्ने प्रष्ट देखिन्छ ।
कतिपय प्लेकार्डमा लेखिएका नारा तथा बनाइएका चित्रले उनीहरुको क्षमता माथिपनि प्रश्न उठ्न सक्छ । प्रदर्शनकारीले बोकेको नेपालको नक्शा हेर्ने हो भने पनि आयोजक कुनै संगठन नभएपनि नेतृत्व गर्नेमा तथा उपश्थित प्रदर्शनकारीमा आफ्नै देशको नक्शा कस्तो छ भन्ने ज्ञान नभए जस्तो देखिन्छ ।
त्यस्तै छाना माथी घिरौला अर्को चुनावमा हेरौला भन्ने नाराले यि प्रदर्शनकारी सत्ता पक्षको विरोधी नै हुन भन्ने मात्र देखाउदैन उनीहरु कुनै दलको कार्यकर्ता हुन भन्ने देखाउँछ । अहंकारी राक्षस देशभक्तिको भेषमा भन्ने नाराले पनि यो प्रदर्शन राजनीतिक प्रयोजनका लागि भन्ने प्रष्ट देखिन्छ ।
त्यस्तै अर्को नारा थियो, म सरकार विरोधि होइन तर तिम्रा केहि काम यस्ता अपाच्य छन कि म पाचक खाँदापनि पचाउन सक्दिन् । तर कतिपय प्लेकाड यस्ता थिए जुन सरकारलाई घच्घच्याउन र जनता प्रति उतरदायी हुन प्रेरित गर्ने ।
जस्तो नेपालको सरकार अर्बैको भ्रष्टाचार कोरोनाको उपचार अदुवा,लसुन र बेसार, नो पिसीआर । यो नाराले सरकारलाई अहिले विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई कम्जोर नठान्न र जनताप्रति जबाफदेहि हुन सुझाव दिएको छ ।
सरकारले पिसीआर टेष्टको दायरा नबढाउदा समस्या झन झन विकराल बन्दै गएको छ भन्ने मुलुक भर नै आवाज उठ्न थालेको छ । त्यस्तै अर्को नारा थियो, संविधान मान्छौ तर भ्रष्ट नेताको आदेश होइन् । यसले युवा पुस्ताले भ्रष्ट नेता मान्दैनन् भन्ने देखाउँछ ।
जुन नेतालाई सच्चिनका लागि खबरदारी पनि हो । त्यस्तै सरकारले नयाँ नक्शा जारी गरेकोमा धन्यवाद लेखिएको प्ले कार्ड पनि उनीहरुले बोकेका थिए । उनीहरुले व्यक्तिगत दुरी कायम गरि प्रदर्शन गरेका थिए । तर कतिपयले आजको विरोध कार्यक्रम नगरेको भए राम्रो हुने थियो भनेर पनि भनेका छन् ।
आज संसदमा सरकारले केहि दिन अघि जारी गरेको नयाँ नक्शामाथिको छलफल तथा मतदान हुने दिन भएकालेपनि आज विरोधको कार्यक्रम आयोजना नगर्न पनि भनिएको थियो ।आज नयाँ नक्शाले मान्यता पाए नेपालको नयाँ नक्शा निशान छापमा प्रयोग हुने छ । सरकारको कार्यशैलीमा चित्त नबुझाएका युवाहरुले केहि दिन यता देशभर नै प्रदर्शन जारी राखेका छन।













