केबि महरा/ काठमाडौ :नेपालको संविधान दोश्रो संशोधन प्रस्ताबलाई औपचारिक रुपबाट पारित गराउनकालागी प्रस्तुत प्रस्ताव माथी बोल्दै जनता समाजबादी पार्टिका अध्यक्ष राजेन्द्र महतोले संबिधान कसैको पेवा होइन र जो कोहिले यसको यकलौटी जस लिन खोजिनु आजको दुर्भाग्य हो, भनेका छन् ।

संसदमा आफ्नो भनाई राख्दै अध्यक्ष महतोले 'यो संविधान सबैको हुन सकेन,थुप्रै असन्तुष्टिका बाबजुत राष्ट्रियताको सवालमा सबै असन्तुष्टि थाँती राख्दै हामि सबैले सहर्ष समर्थन गरेका छौँ' ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो भनाईलाई निरन्तरता दिँदै उनले अघि भने 'राज्यले मधेसलाई हेर्ने नजर बदल्न आवस्यक छ । राष्ट्रघातिहरुको पहिचान गरि दोषिलाई कार्वाही गरौँ '

फरक प्रसंग औँल्याउँदै अध्यक्ष महतोले ०५८ को संबिधानमा लिपुलेक नेपालकै रहेको तर त्यस पछि नाटकिय सैलिमा नक्सा गाएभ गर्नेहरुलाई छनबिन गरि टुँडिखेलमा झुण्ड्याईयोस् भनी माग गर्दछु भनेका छन ।