काठमाण्डौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताउनु भएको छ।
आज प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको दफाबार छलफलमा सभापति देउवाले यस्तो बताउनु भएको हो । वहाँले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। वहाँले नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको पनि बताउनु भयो।










