उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका -७ मा रहेको जीवन बचाउ उपचार सेवा गृहमा झुण्डिएर एक बृद्धले आत्महत्या गरेका छन् । उपचारका लागि हिजो मात्र ल्याईएका झापाको गौरादह नगरपालिका -३ का ६२ वर्षीय अमरबहादुर थापाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । थापाले प्यासेजमा रहेको ढोकामा कपडाको पासो लगाएर आत्महत्या गरेका थिए ।
आज विहान ५ बजेतिर खबर आएपछि प्रहरी घटना स्थल पुगेको र मुचुल्का उठाइ पोष्टमाटमका लागि उर्लाबारीको मंगलबारे पठाइको थियो । केहीबेर अघि पोष्टमाटम सकिएपछि आफन्तलाई सब बुझाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुबाश राईले जानकारी सवाल नेपाललाई जानकारी दिनुभयो ।










