दमक। झापामा कार्यरत एक प्रहरी जेष्ठ महिनाको प्रदेश एक कै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागु औषध ब्राउन सुगर कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियार सहित अवैध गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणहरुमा सुरक्षाको प्रत्याभुति गर्ने तर्फ प्रशंसनिय कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान अर्याललाई २०७७ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।