दमक। झापाको दमकको एक घरमा मानिस आवत जावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ । भारतबाट आएर बस्दै गरेको भनि स्थानियले विरोध गरेपछि दमक नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सो घरमा वडा अध्यक्ष सहितको टोलीले आउन जान पुर्ण रुपमा रोक लगाएको हो ।

स्थानीय श्रेष्ठ थरको घर भएपनि सो घरमा भारतीय बस्दै आएको र दुई जना महिला मंगलबार बेलुका आएका थिए । उनीहरु सो घरमा टेलर्स संचालन गर्दै आएको वडा अध्यक्ष टेक बहादुर थापाले सवाल नेपाललाई जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वहाँका अनुसार भारतबाट आएका दुई जना र अर्का एक जना गरि ३ जनाको स्वाव संकलन गरि आजै परीक्षणका लागि पठाइने छ । अध्यक्ष थापाका अनुसार उनिहरुको रिपोर्ट नआउन्जेल उनीहरु बाहिर जान र बाहिरका मानिस सो घरमा आउन नपाउनेगरी रोक लगाइएको हो । उनीहरु भारतीय बंगाली भएको पनि अध्यक्ष थापाले जानकारी दिनु भयो ।