दमक। नेपाल अधिराज्यभरका विद्यालयहरुले आफ्नो विद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थीहरुको प्राप्ताङ्क सहितको तालिका पठाउने काम धमाधम भैरहेको छ ।

यद्यपी राष्ट्रिय परीक्षा बोर्डले भने आज अन्तिम दिन तोकेको थियो । तर कोरोना भाइरस र अन्य अबस्थाका कारण २४ गते सम्म पठाउन सकिने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई माध्यमिक शिक्षा परीक्षा एसईईको प्राप्ताङ्क तालिका शिक्षा विकास तथा समन्वय इकाई अर्थात साविक जिल्ला शिक्षा कार्यालयमा पठाउन भनेको छ । कोरोना भाइरसका कारण परीक्षा संचालन हुन नसकेपछि विद्यालयले यसअघिको नतिजाका आधारमा प्राप्ताङ्क पठाउनु पर्नेछ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्य अनुसार विद्यालयलाई ताकेता गरिएको जानकारी दिनुभयो ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ अनुसार सबै विद्यालयले आफ्ना विद्यार्थीहरुको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ ।

झापा जिल्लाभरका विद्यालयले मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका मार्क लेजर अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा २४ गते सम्म बुझाउनु पर्नेछ ।

त्यसैगरी समन्वय इकाईहरूले विद्यालयहरुबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको मार्क लेजर भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय