झापाको दमकको पाथिभरा चलचित्र मन्दिरमा नयाँ चलचित्र डायरी शुक्रबारदेखि लागेको छ । एकैसाथ देशभरका फिल्महलहरुमा चलचित्रको रिलिज हुने क्रममा यहाँ पनि भएको हो । देशभरका करिब ६० वटा हलहरुमा एकसाथ चलचित्र लागेको र पहिलो दिनको ब्यापार उत्साह जनक नै रहेको निर्माताको भनाइ छ । चर्चित नायिका रेखा थापालाई पहिलो पटक खलपात्रको भूमिकामा यस चलचित्रमा देखाईएको छ । चलचित्रमा छुल्ठिम गुरुङ र नव–नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ ।
अनिल योञ्जनले निर्देशन गरेको यो चलचित्र बदलाको कथामा आधारित रहेर बनेको छ । एफडी कम्पनी तथा दमक पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालका अनुसार देशभर ६५ र पूर्वमा १५ वटा हलहरुमा यो चलचित्र एकसाथ रिलिज भएको हो । शिवराम श्रेष्ठको छायांकन, राजकुमार उप्रेतीको एक्सन, छेतन गुरुङको कथा रहेको चलचित्र राम्रो रहेको बरालले बताए ।दमकको पाथिभरा चलचित्रमन्दिरमा ‘डायरी’
सवाल नेपालसंवाददाताशुक्रबार, ४ जेठ २०७४

दमकको पाथिभरा चलचित्रमन्दिरमा ‘डायरी’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



