दमक। झापाको कमल गाउँपालिका २ मिलन चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का ४१ बर्षीय केदारनाथ दाहाल रहेको प्रहरीले जनाएको छ ।
आज बिहान एघार बजेतिर मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
ट्याक्टरले ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागी लाईफ लाईन अस्पताल पठाईएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।



