दमक। झापाको दमकमा रहेको लायन्स क्लब अफ दमक ग्रीन सिटीले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमकको लाईफ लाईन अस्पताल हाताभित्र भएको सो कार्यक्रममा २३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराईले कोरोना भाइरस संक्रमणका कारण देशभर रगत अभाब भैरहेकोबेला सो अभाब कम गर्न भन्दै क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
प्रमुख अतिथि एरिया कोअर्डिनेटर कोमल शाक्यले व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरिएको रक्तदानमा क्लबका अध्यक्ष भट्राईले ४८ औं पटक रक्तदान गरे । सो क्रममा २२ पुरुष र एक महिलाले रक्तदान गरेका थिए ।
कार्यक्रममा रिजन चियरपर्सन बी.पी. मीश्र तथा जोन चियरपर्सन दिवस राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव डा. गुरु मैनालीले संचालन गर्नु भएको थियो ।











