काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी गम्भीर अस्थामा पुगेले विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । आ–आफ्नो ठाउँबाट भुमिका खेलेर पार्टीलाई विभाजनबाट जोगाउन पर्ने बताएका हुन् ।

आज ओली बिनाको स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘यो समय उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता हरेको बताएका हुन् । प्रचण्डले बैठकमा भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनुस्, कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक सबेको थियो । प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् ।