विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोपको परीक्षण शुरू गरेका छन् ।

रसियाले कोरोनाविरुद्धको खोप बनेको घोषणा गरेको छ भने अमेरिका, बेलायत, चीन लगायतका देशमा पनि खोप निर्माणको काम भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विकसित देशले खोपको विकास गरिरहँदा नेपाल र अन्य तेस्रो विश्वका मुलुकका सर्वसाधारणको पहुँचमा ती खोप कहिले आइपुग्छ भन्ने अन्योल छ ।

कोरोनाविरुद्ध शुरूदेखि नै जनचेतना फैलाउँदै आएका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे नेपालले अहिलेदेखि नै खोपका लागि प्रधानमन्त्रीस्तरबाट पहल गर्नुपर्ने बताउँछन् ।

कोरोना भाइरसको पछिल्लो स्ट्रेन कस्तो छ ? नेपालमा कुन वर्ग र समूह बढी जोखिममा छ ? कोरोनाविरुद्धको खोप कहिलेसम्म आइपुग्छ ? विभिन्न देशले बनाउन लागेका खोप सफल भयो भने नेपालले खोपका लागि के गर्नुपर्छ ? यी लगायत कोरोना संक्रमणका विभिन्न पक्ष र आयामबारे लोकान्तरका लागि इश्वर अर्यालले डा. पाण्डेसँग कुराकानी गरेका छन् ।

डा. रवीन्द्र पाण्डेसँगको कुराकानी हेर्नुहोस्, भिडियोमा :

https://youtu.be/ZQN5Y3NXxYs