धरान। मोरङका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुने मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुष हुन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन, इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले  साउन २६ मा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् ।