काठमाण्डौं। नेपाल कम्युनिष्टि पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच ९ दिनको अन्तरालपछि आज भेट भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको हो । पार्टीको शीर्ष तहमा चर्किएको विवादको समाधानका लागि विभिन्न प्रस्तावबारे नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट पधानमन्त्री ओलीलाई राजिनामा दिन भनेपछि दुई अध्यक्षबीच दुरी बढेको थियो । ।










