स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आपतकालीन अवस्थामा परिचालन गर्न स्वास्थ्यकर्मीबाट आवेदन माग गरेको छ । सरकारी अखबार गोरखापत्रमा आवेदन आह्वानको सूचना प्रकाशित गर्दै मन्त्रालयले ५ दिनभित्र आवेदन पेश गर्न सूचित गरेको छ ।

‘स्वास्थ्य संस्थाहरूमा आइसोलेसन तथा क्वारेन्टीनमा रहेका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहसम्म थप जनशक्ति परिचालन गर्न आवश्यक रहेको हुँदा चिकित्सक, नर्सिङ्ग तथा पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी एवं संस्थाहरूलाई यस मन्त्रालयको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी इमेलमा ५ दिनभित्र आवेदन पेश गर्नहुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय