प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका छन् ।
उनमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका थिए । मंगलवार अचानक ज्वरो देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनमा निमोनियाको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।










