काठमाण्डौं। २०७४ सालमा बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग पराजीत हुनुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरे पनि आज मनोनयन गरिएको हो । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि एक सिट खाली भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नुभएको हो । राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ आज नै हुनेछ ।

गौतम जनताले पराजीत गरेको मानिसलाई अर्को बाटोबाट राष्ट्रिय सभामा लैजानु हुन्न भनेर पाटीभित्रै र बाहिर पनि विरोध भएको थियो ।