काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबारका लागि सारिएको छ । आजका लागि बोलाइएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको नेकपाले जनाएको छ ।
पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी छ । सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकका एजेण्डा रहेको श्रोतले बताएको छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भाद्र २६ गते पारित स्थायी समिति बैठकको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा बैठक बस्न लागेको हो ।










