जनकपुरधाम । देशभर आज संविधान दिवस मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएको छ। सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका हुन्। दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै पनि कार्यक्रम तय गरेको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय आइनपुगेको बताउनु भएको छ । संविधान दिवस मनाउने सन्दर्भमा राखेको जिज्ञासामा मुख्यमन्त्री राउतले संक्षिप्तमा भन्नुभयो, ‘सेलिब्रेसन गर्ने समय नआएकाले प्रदेश सरकारले कुनै कार्यक्रम गर्दैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो प्रदेशका सत्तासिन पार्टी जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आह्वानपछि आज प्रदेश २ का आठ वटै जिल्लामा यो पार्टीका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्ने भएका छन् ।