काठमाण्डौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटक अनसनरत चिकित्सक डा. गोविन्द के.सीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै उनको जीवन रक्षा गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग माग गरेको छ। प्रवक्ता लक्ष्मण पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक अनसन गर्ने, सरोकारवाला निकाय माग पुरा गर्न सहमत हुने तर माग पुरा नहुने खेल पटक पटक दोहोरिनु लज्जास्पद विषय भएको पार्टीको ठहर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि पनि छोराको हत्यारालाई सजाय गर्नुपर्ने माग राखेर अनसन बस्नु भएका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको र डा. गोविन्द के।सीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउनसक्ने देखिएकोले तत्काल जीवन रक्षाका लागि पहल गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग माग गर्दछ।