दमक। गत सोमबार झापाको गौरादहमा आफ्नै घरमा हत्या गरिएकी पार्वता भनिने मनमाया भण्डारीका श्रीमान भीम भण्डारीलाई बिहीबार प्रहरीले अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय दमकमा ल्याएको छ ।

सोधपुछकालागि भन्दै उनलाई प्रहरीले ल्याएको हो । उनिमाथी विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले अनुसन्धानकै शिलशिलामा ल्याइएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६५ बर्षीया मनमायाको गत सोमबार गौरादह १ स्थित आफ्नै घरमा हात बाँधेर हत्या गरिएको अबस्थामा सव भेटिएको थियो । यद्यपि हत्या कसले र के उदेश्यले गरेको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।