बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० निर्णय गरेको छ । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइएको छ भने पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी रिक्त दरबन्दी पूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेकाको परीक्षा सञ्चालन गर्ने र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्णयहरु यसप्रकार छन्