काठमाडौ। बल्ल बल्ल साम्य भएको नेकपा विवाद फेरी बल्झिने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेपछि नेकपा भित्र फेरी विवाद चर्किन लागेको हो ।

यसअघि पनि प्रधानमन्त्री ओली एकलौटी ढंगले अगाडी बढेको भन्दै असन्तुष्टि व्यक्त भएपछि झण्डै पार्टी फुटको अबस्थामा पुगेको थियो । सो समयमा पूर्व एमाले र पूर्व माओवादीबीच कित्ता काट जस्तै भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोहि कारण प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरिएको थियो । पछि दुई अध्यक्षबीचको पटक पटकको छलफलपछि आगामी दिनदेखि जे गरेपनि छलफल गरेर सहमतीमा निर्णय गर्ने भनिएपनि अहिले सोको उलंघन भएको भन्दै विवाद चर्किन लागेको हो ।

नेकपाको हालै सम्पन्न स्थायी समिति बैठकले पनि मन्त्रीपरिषद् पुर्नगठन, प्रदेश सरकारमा फेरबदल, राजनीतिक नियुक्तिहरुलाई एकमुष्ट रुपमा सहमतीमा गर्ने निर्णय गरेको थियो । प्याकेजमै सहमती गरेर गर्नेगरी छलफलहरु भइरहेका बेला एकाएक राजदूत नियुक्तिको सिफारिसले पार्टी भित्र बन्दै गरेको समझदारीमा दरार पैदा भएको छ ।