काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोली दिउँसो ४ बजे बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच आज बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसेपनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन् ।



