काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
अर्को सुनुवाई आगामी बुधबारमात्रै हुने भएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाइ गरिरहेको छ । आज दुई सरकारी वकिल र गौतम पक्षका केही कानुन व्यवसायीहरूले बहश गरेका थिए ।
गौतमलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गर्नुुभएको थियो । नेता गौतमले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसक्नुुभएको छ । सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ ।



