दमक। झापाको गौरादहमा गत सोमबार हत्या गरिएकी पार्वता भनिने मनमाया भण्डारीको हत्या भएको समयमा श्रीमान भिम भण्डारी श्रीमती मनमायासँगै घरमै भएको खुल्न आएको छ ।

मृतक भण्डारीको पोष्टमाटम रिपोर्ट र मृतकको श्रीमानको बयानलाई आधार मान्दा मनमायाको हत्या भएको समयमा उनका श्रीमान भिमसँगै भएको देखिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रीमतीको हत्या भएको समयमा उनी घरमै भएपनि अहिले सम्म भिमले हत्याको विषयमा केहि नबोलेको प्रहरी श्रोतले बतायो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न आज म्याद समेत थपेको छ ।

यस्तो छ प्रहरीको प्रेस नोट