काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसङ्गै सबै भेटघाट बन्द गरिएको छ। शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बालुवाटार स्रोतले जानकारी दियो।

प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरि कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सुरक्षा निकायहरु जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै बालुवाटारमा कार्यरत ४५ जनाको पीसीआर रिपोर्ट आउन अँझ बाँकी रहेको बताईएको छ। साभार: अन्नपूर्ण पोष्ट