दमक। जनताले स्थिरता र सुशासनको लागि नेकपालाई दुई तिहाईको मत दिई सरकार सञ्चालन गर्न पठाएको तर सरकार सञ्चालनको ३ बर्ष पुग्न लाग्दा पनि जनताको अभिमतलाई वेवास्ता गर्दै भ्रष्टाचार, कालोबजारी, अपहरण, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य गतिविधिहरु नियन्त्रण गर्न असक्षम रहेको भन्दै जनता समाजवादी पार्टी सम्बद्ध युवा संगठनले आन्दोलमा जाने चेतावनी दिएको छ । आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उसले चेतावनी दिएको हो ।

सो संगठनले रेशम चौधरीलाई रिहा गर्न र डा. गोविन्द केसीको मागहरुको सम्बोधन गर्न माग गर्दै यहि २२ गते दमकदेखि काँकडभिट्टा सम्म बाइक र्याली गर्ने जनाएको छ । कार्यक्रमका संयोजक हेमराज श्रेष्ठ र महेन्द्र कटुवालद्धारा जारी विज्ञप्तीमा किसान, मजदूर, साना व्यवसायीहरुको आर्थिक, समाजिक सुरक्षा र युवाहरुको रोजगारीको सुनिश्चितता गर्न तुरुन्त विशेष कार्यक्रम तथा योजनाहरु ल्याउन माग समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ प्रदेश १ का अध्यक्ष पवन विष्टले यो पहिलो चरणको कार्यक्रम भएको र सरकारले आफ्ना मागको सम्बोधन नगरे दोश्रो चरणम सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा समाजवादी युवा संघ प्रदेश १ का मुख्य सचिव रोशन राज लिम्बु, युवा संघ प्रदेश १ का अध्यक्ष तथा कार्यक्रमका संयोजक महेन्द्र कट्वाल, उपाध्यक्ष तोया न्यौपाने, युवा नेताहरु सुमन राई, बालमीकी चौधरी, कमल गुरुङ्ग, भेषराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।