मंगलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका छ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् ।

अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्धा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताताए । ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिलाको कास्की बाघमारा माइती गएको हुन सक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्धा अघि बढाइने उनले बताए ।