काठमाडौं/ सरकार पक्ष र अनसनरत डा.गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेका छन् । बिहीबार शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच भएको छलफल सहमति नजिक पुगेको हो ।
वार्ताका क्रममा डा. केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुनकुन मागमा सहमति जुट्यो र कुनकुनमा जुट्न बाँकी छ भन्ने नखुलाइए पनि वार्ता सकारात्मक तवरबाट अगाडी बढेको र छिटै सहमति हुने श्रोतले बतायो ।
डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा.केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ समेत गरिसकेको छ । आज पुनः वार्ता गरेर सहमति गर्ने बताइएको छ । केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ–६ रानिचौरबाट १९ औं सत्याग्रह सुरु गर्नुभएको थियो ।










