काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।

मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टरेको छ । भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दियो । तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने बारेमा पटक-पटक छलफल भएपनि मापदण्डमा कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको हो ।