काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले आज जिम्मेवारी सम्हाल्नुभएको छ ।
यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रमा निमित्त सचिवको रुपमा काम गर्नुभएको थियो । स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत हुनुभएको थियो ।










