विराटनगर/   मोरङ र सुनसरीमा गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

मोरङको रंगेली नगरपालिका -४ का ७२ वर्षीय संक्रमितको गएराति मृत्यु भएको हो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । उनलाई श्वास फेर्न समस्या हुने र फोक्सोमा संक्रमणको समस्या भएर असोज १७ गते उपचारका लागि भर्ना गरिएको दाहालले जानकारी दिनुभयो ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका -६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।